×

प्रधानमन्त्री देउवा आज गृहजिल्ला जाँदै

images

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बुधबार गृह जिल्ला डडेल्धुरा जाँदैछन् । मंगलबार धनगढी पुगेका देउवा आज आफ्नो गृहजिल्ला एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र जान लागेका हुन् ।

देउवाले आज बिहान साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उनी सुदूरपश्चिम पुगेका हुन् ।

देउवा यसअघि पनि चुनावीसभामा सहभागी हुन गृहजिल्ला आएका थिए । त्यसक्रममा उनले चार दिन सातवटै स्थानीय तहमा वाम–लोकतान्त्रिक गठबन्धनले आयोजना गरेका चुनावीसभामा सहभागी भएका थिए । देउवा सातौं पटक डडेल्धुराबाट निर्वाचन लड्दै छन्।

देउवासँग कांग्रेस विपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाललगायत ८ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

बुधबार ३० कात्तिक २०७९ ०८:४७ AM मा प्रकाशित

प्रतिक्रिया