काठमाडौं । नेपालले बुधबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पाकिस्तानको सामना गर्दैछ र यो धेरै अर्थमा विशेष खेल हुनेछ । साँझ हुने दशरथ रंगशालामा हुने खेल दुई कारणले त विशेष हुने निश्चित छ । पहिलो कारण, नेपाल दशरथ रंगशालामा आफ्नो ५० औं खेल खेल्दैछ । सन् १९८२ मा भारतको नयाँ दिल्लीमा भएको एसियाली खेलकुदबाट औपचारिक रूपमा आधिकारिक अन्तर्राष्ट्रिय फुटबलमा प्रवेश गरेको थियो ।
नेपालले दशरथ रंगशालामा खेलेको भने सन् १९८४ मा पहिलो पल्ट खेलेको हो । त्यति बेला पहिलो दक्षिण एसियाली महासंघीय खेलकुद अन्तर्गत फुटबलका दुई खेल भएका थिए । लगभग ३८ वर्षको यात्राका क्रममा नेपालले नेपाली फुटबलको घरमा ५० औं खेल खेल्न लागेको हो । दोस्रो कारण भने पाकिस्तानी फुटबलबारे रहेको छ ।
पाकिस्तान अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको प्रतिबन्ध फुकुवा भएपछि पहिलो पल्ट खेल्दैछ ।
प्रि–म्याच कन्फ्रेन्समा पाकिस्तानी कप्तान हसन बासिरले भनेका छन्, ‘पछिल्ला केही समय हाम्रो लागि राम्रो रहेन् । फिफा प्रतिबन्ध हटेपछि फेरि खेल्न पाउनु हाम्रो लागि खुसीको उपलब्धी हो । हामी यो अवसरलाई पूरा सदुयोग गर्न चाहन्छौं । हामीले पछिल्लो समय राम्रो तयारी पनि गरेका छौं ।’
थप दुई कारणले पनि यो खेल विशेष हुने त छ । पहिलो त नेपाल पहिलो पल्ट नयाँ कप्तानको नेतृत्वमा खेलिरहेको छ र उनी हुन्, रोहित चन्द । रोहित मात्र होइन्, प्रशिक्षका पनि मुख्य छन् । प्रवेश कटुवालले पहिलो पल्ट नेपाली राष्ट्रिय टिम सम्हाल्ने अवसर पाएका छन् । रोहित र प्रवेश दुवै यस उपलब्धीमा खुसी छन् ।
प्रतिक्रिया