×

बीए प्रथम वर्षको नतिजा सार्वजनिक

images

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले बीए प्रथम वर्ष २०७७ को नतिजा प्रकाशन गरेको छ। परीक्षा नियन्त्रण कार्यालयले १५ महिना अघि २०७८ साउनमा सञ्चालन गरेको परीक्षाको मंगलबार नतिजा सार्वजनिक गरेको हो ।


विद्यार्थीको भविष्य अन्यौल भएको भन्दै विद्यार्थीहरुले नतिजा प्रकाशन गर्न दबाब दिँदै आएका थिए ।

नतिजामा समस्या देखिएका विद्यार्थीहरुले आफूले अध्ययन गरेको क्याम्पस र सम्बन्धित क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालयबाट प्रवेशपत्र प्रमाणीकरण गराएर मंसिर १० गतेपछि मानविकि गोप्य शाखामा सम्पर्क गर्न आग्रह गरेको छ ।

बुधबार ३० कात्तिक २०७९ ०७:४४ PM मा प्रकाशित

प्रतिक्रिया