काठमाडौँ । मौसम पुर्वानुमाना महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुनको अवस्था कमजोर रहेको जानकारी दिएको छ ।
हाल देशको पहाडी भू-भागमा साधारणतया रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ छ भने सबै प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा तथा कोशी प्रदेश र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षा भईरहेको छ ।
आज दिउँसो देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ भने लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशको पहाडी तथा तराई भू-भाग लगायत बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले आगामी २४ घण्टा मनसुनको समय भएकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।
प्रतिक्रिया