×

आत्मदाह गरेका प्रेम प्रसादकी श्रीमतीलाई अमेरिकाबाट १७ लाख भन्दाबढी सहयोग 

images

काठमाडौं । बानेश्वरमा आत्मदाह गरेका इलामका प्रेम प्रसाद आचार्यको परिवारले अमेरिकामा बस्ने नेपालीले १७ लाख भन्दाबढी सहयोग गरेका छन् ।

काठमाडौंमा आज पत्रकार सम्मेलन गरि, अमेरिकाबाट संचारकर्मी तथा चलचित्र निर्देशक सुरेश दर्पण पोखरेलको सक्रियतामा गो फण्ड मि मार्फत संकलनगरि नेपाल पठाइएको १७ लाख ५० हजार नेपाली रुपैयाँ हस्तान्तरण गरिएको हो ।

प्राप्त रकम निर्देशक सुरेश दर्पणकी श्रीमती निशा कार्कीले मृतक प्रेमप्रसादकी श्रीमती नानुका आचार्यलाई हस्तान्तण गर्नु भएको हो ।  इलामका प्रेम प्रसाद आचार्यले, राज्यमा गरिखाने वाताबरण नभएको भन्दै गत माघ १० गते बानेश्वरमा आफ्नै शरिरमा आगो लगाएर आत्मदाह गरेका थिए । 
 

बिहीबार ४ फागुन २०७९ ०३:५९ PM मा प्रकाशित

प्रतिक्रिया