×

खानेपानी मन्त्रालयले गर्‍यो गुनासो सुन्ने ईकाई गठन

images


काठमाडौं । खानेपानी मन्त्रालयले आम नागरिकका गुनासो सुन्ने संयन्त्र बनाएको छ। 

आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा खानेपानी मन्त्री अब्दुल खानले गुनासो सुन्ने इकाईको उद्घाटन गरेका हुन् । 
मन्त्री खानकै संयोजकत्वमा गुनासो सुनुवाई समिति गठन गरिएको प्रवक्ता शोभाकान्त पौडेलले जानकारी दिए । उनले भर्ने गुनासो सुन्ने इकाई गठन गरेको छ । यसको लागि टोल फ्रि नम्बरको व्यवस्था गरेका छौं । जनताको सहजताको लागि यो इकाई गठन गरेको हो । 

यसलाई हामी निरन्तरता दिने छौं। ’मन्त्रालयले, उपलब्ध टोल फ्रि नम्बरमा  टेलिफोट गरेर आम नागरिकले  आफ्नो समस्या राख्न सक्ने र त्यसको समाधाान र कारवाहीका लागि मन्त्रालय तत्पर रहेको जनाएको छ ।

 सबैको प्रमुख समस्या भनेको नै पानी भएको र त्यो व्यवस्थित नहुँदा निकै नै गुनासो आउने गरेको मन्त्रालयले जनाएको छ। त्यसलाई सहजतापूर्वक समाधान गर्न गुनासो इकाई गठन गरिएको भन्दै आम नागरिकलाई सुलभ र भरपर्दो सेवा पु¥याउन मन्त्रालय प्रतिवद्ध रहेको मन्त्री खानले बताएका छन् । 
 

बिहीबार ४ फागुन २०७९ ०२:३१ PM मा प्रकाशित

प्रतिक्रिया