×

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

images

काठमाडौँ, २९ मङ्सिर : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

दिउँसो १२ः१५ बजे ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने उक्त बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प, समसामयिक राजनीतिकलगायत विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थिति रहने बताइएको छ ।

शुक्रबार​ २९ मंसिर २०८० ११:२४ AM मा प्रकाशित

प्रतिक्रिया