×

गण्डकीका मुख्यमन्त्री पोखरेल एक्शनमा, भौतिक मन्त्री कुमार खड्कालाई गरे बर्खास्त

images


गण्डकी प्रदेशका दुई मन्त्रीको बर्खास्तीसँगै ती दुई मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नै सम्हालेका छन् ।

मुख्यमन्त्री नेपालीको सिफारिसमा ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यले यसअघि नै बर्खास्त भएकामा आज फेरि  भौतिक पूर्वाधार र सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कालाई बर्खास्तीमा परेका हुन् । 
 

आफ्नो पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा मुख्यमन्त्री पोखरेलले उनलाई आज (मंगलबार) बर्खास्त गरेका हुन् ।

आचार्यमाथि पनि सत्ता गठबन्धनका उम्मेदवार हराउन भूमिका खेलेको आरोप थियो ।

मङ्गलबार २९ कात्तिक २०७९ ०७:२२ PM मा प्रकाशित

प्रतिक्रिया