×

कांग्रेस इतर पक्षको राष्ट्रिय भेला: विमलेन्द्रको राजनीतिक प्रतिवेदनदेखि रमेश लेखकको विधान संशोधन प्रस्तावसम्म

images

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आर्थिक समृद्धि र सामाजिक न्यायलाई सँगसँगै अघि बढाउने लक्ष्यसहित नयाँ आर्थिक तथा सामाजिक नीतिको कार्यदिशा सार्वजनिक गरेको छ। काठमाडौंमा जारी राष्ट्रिय भेलामा नेता डा. प्रकाशशरण महतद्वारा प्रस्तुत १० बुँदे प्रतिवेदनले बदलिँदो वैश्विक, भूराजनीतिक तथा प्रविधिगत परिवेश अनुसार पार्टीको प्रजातान्त्रिक समाजवादलाई समयसापेक्ष बनाउनुपर्नेमा जोड दिएको छ। 

प्रतिवेदनले २०१७ सालपछिको सशस्त्र आन्दोलन, सत्याग्रह, २०३६ सालको जनमतसंग्रह, २०४२ सालको सत्याग्रह, संसदीय निर्वाचन, संसद् विघटन, गठबन्धन तथा नेतृत्वसम्बन्धी विवादलगायत कांग्रेसले विगतमा भोगेका अनेक मतभेदको चर्चा गरेको छ । ती सबै विवाद अन्तत: पार्टी एकतामै टुंगिएको दाबी गरिएको छ ।

प्रतिवेदनमा बीपी कोइराला, सुवर्णशमशेर जबरा, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवालगायतका सभापतिको नेतृत्वमा कांग्रेसले राजनीतिक परिवर्तनको नेतृत्व गरेको उल्लेख गर्दै पार्टीको इतिहास र योगदानलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ ।

पूर्णपाठ :

शनिबार ३० साउन २०८३ ०६:४२ PM मा प्रकाशित

प्रतिक्रिया