×

कर्णालीमा चलचित्र कार्यशालाको आयोजना गरिँदै

images

काठमाडौँ । कर्णाली प्रदेशमा चलचित्र कार्यशाला २०७९ को आयोजना गरिने भएको छ । आगामी असार ११ देखि १७ गतेसम्म प्रदेश राजधानी वीरेन्द्रनगरमा केबी इन्टरटेनमेन्ट एन्ड गूरुप प्रा.लिको आयोजनामा उक्त कार्यशाला गरीने भएको हो ।

कर्णालीको भौगोलिक सुन्दरता, सांस्कृतिक विविधता, जनजीवनको कथालाई चलचित्रमा ल्याउने उद्देश्यसहित कार्यशालाको आयोजना गरिएको फिल्म कम्पनीले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । 

त्यसका लागि प्रदेशमै दक्ष चलचित्रकर्मी जन्माउन आवश्यक भएको र केन्द्रबाट सिनेकर्मीले यहाँको समस्यालाई मात्र हेर्ने गरेको केबी इन्टरटेनमेन्ट प्रा.लिका अध्यक्ष भूपेन्द्रकुमार खड्काले बताउनुभयो । विविध स्रोत, साधन हुँदा हुँदैपनि कर्णाली चलचित्र निर्माणमा पछाडी परेको उहाँको भनाइ छ् ।

उहाँले कर्णालीको वास्तविकतालाई यहीकै सिनेकर्मीहरुले राम्ररी बुझेर सिनेमामा उतार्न सक्ने भएकाले कार्यशालाको आयोजना गरीएको बताउनुभयो । प्रदेशकै चलचित्रकर्मीले मात्र कर्णालीको जनजीवनका कथामा उतार्न सक्ने र विश्वमा कर्णालीको अवस्था, संस्कृतिलाई पु¥याउने यसले टेवा पुग्ने उहाँको भनाइ छ् । 

एक साता कार्यशालामा चलचित्र प्रोडक्सनलाई बढी महत्व दिइने आयोजकले टिमले बताएको छ् । प्रि प्रोडक्सन, प्रोडक्सन र पोष्ट प्रोडक्सन अन्तर्गत चलचित्रबारे अनुसन्धान, लेखन, निर्देशन, निर्माण, छायांकन, सम्पादन र अभिनय जस्ता विविध विधामा कार्यशालामा प्रशिक्षण दिइने छ ।

प्रशिक्षण कार्यक्रममा कर्णालीका दशवटै जिल्लाका २० जनालाई सहभागिता गराइने छ । उनीहरुलाई वरिष्ठ कलाकार निर शाह, चलचित्र बोर्डका पूर्वअध्यक्ष दयाराम दाहल लगायतका चलचित्रकर्मीहरुले प्रशिक्षण दिने आयोजक टिमले जनाएको छ। 

कार्यक्रमलाई चलचित्र विकास बोर्डले प्रायोजन गरेको छ । अध्यक्ष खड्काले कार्यशालामा सहभागि विद्यार्थीहरुले एक सातासम्म चलचित्र सिकेर प्रयोगात्मक रुपमा चलचित्र पनि निर्माण गर्ने बताउनुभयो । त्यी चलचित्रलाई महोत्सवमा पनि पठाइने भएको छ । आउने बर्षदेखि केबी इन्टरटेनमेन्टले कर्णालीको एकजना चलचित्रकर्मीलाई सम्मान गर्ने खड्काले बताउनुभयो । 

बुधबार १ असार २०७९ ०३:३३ PM मा प्रकाशित

प्रतिक्रिया