एमाले हुम्ला अध्यक्षमा बुमी निर्वाचित

    images

    सिमकोट, (हुम्ला), ३ वैशाख  : नेकपा (एमाले) हुम्लाको अध्यक्षमा अध्यक्षमा ज्ञामी बुमी निर्वाचित हुनुभएको छ । पार्टीको १०औँ जिल्ला अधिवेशनबाट उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो । 
       
    अध्यक्षसहित विभिन्न पदका लागि आइतबार साँझ मतदान भएको थियो । गए राति नै मतगणना गरिएको थियो । अध्यक्षमा बुमीका निकटतम प्रतिद्वन्द्वी डबल रावत रहनुभएको थियो । उपाध्यक्ष, सचिव, महिला उपसचिव र खुला उपसचिवमा पनि बुमीको प्यानल विजयी भएको छ । 

    प्रकाशबहादुर शाही उपाध्यक्षमा, तीर्थराज बोहरा सचिवमा, प्रदीप लामा खुला उपसचिवमा तथा मञ्जु रावल महिला उपसचिवमा निर्वाचित हुनुभएको छ । अन्य खुला सदस्य, महिला सदस्य र दलित सदस्यको मत गणना भइरहेको निर्वाचन समितिका संयोजक अमरबहादुर शाहीले जानकारी दिनुभयो । 

      सोमबार २ बैशाख २०८१ ११:१६ AM मा प्रकाशित

      प्रतिक्रिया