काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ब्रेक थ्रु अर्थात् वारपार छेड्ने काम पूरा भएको छ । प्रधानमन्त्री प्रचण्ड द्वारा नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’को प्रत्यक्ष अवलोकन गर्न पुगेका छन् । अवलोकनमा सहभागी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठको उपस्थिती रह्यो ।
सुरुङमार्ग वारपार भइसके पनि सबै काम सम्पन्न गरेर गाडी गुड्न भने अझै एक वर्ष लाग्ने सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।
यस सुरुङमार्गमार्फत् काठमाडौंको बलम्बुबाट करिब तीन मिनेटमै धादिङको सिस्नेखोला पुग्न सकिनेछ ।आपतकालीन सुरुङ भने गत साउन २२ गते नै छेडिएको थियो । मुख्य सुरुङ २.६८८ किलोमिटरको छ । आपतकालीन सुरुङ २.५५७ किलोमिटर लामो छ ।
प्रतिक्रिया