×

कांग्रेस सहभागी नभए वाम गठबन्धन हुन सक्छ : मन्त्री खतिवडा

images

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेससँग गठबन्धन नहुने स्थिति आए वाम गठबन्धन हुनसक्ने बताउनुभएको छ । 

गोरखा अस्पतालको नवनिर्मित भवनको उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खतिवडाले संविधानको रक्षाका लागि गरिएको वर्तमान गठबन्धनको निरन्तरता आफूहरुको पहिलो प्राथमिकताको विषय भएको उल्लेख गर्नुभयो । “अहिलेको मुख्य आवश्यकता र प्राथमिकता कांग्रेससहितको गठबन्धन नै हो”, उहाँले भन्नुभयो, “यदि कांग्रेस गठबन्धनमा नजाने परिस्थिति आए वाम गठबन्धन हुन्छ ।” एमालेसँग भने गठबन्धन हुन नसक्ने मन्त्री खतिवडाले उल्लेख गर्नुभयो । 

देशको राजनीतिक आवश्यकताले कांग्रेससँगको वर्तमान गठबन्धन निर्माण भएको उल्लेख गर्दै उहाँले निर्वाचनसम्म यसैलाई निरन्तरता दिएर अघि बढ्नुपर्नेमा आफूहरुको जोड रहेको बताउनुभयो । “एकीकृत समाजवादी  वर्तमान गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्न चाहन्छ”, मन्त्री खतिवडाले भन्नुभयो । 

मङ्गलबार १ चैत २०७८ ०८:२७ PM मा प्रकाशित

प्रतिक्रिया