×

आजको राशिफल - २०८३ असोज १२ गते सोमबार

images

September 28, 2026 - आज असोज कृष्ण द्वितीया / दोस्रो श्राद्ध

आजको पञ्चाङ्ग: असोज कृष्ण द्वितीया तिथि साँझ ७:२७ PM सम्म त्यसपछि तृतीया। रेवती नक्षत्र बिहान १०:२१ AM सम्म त्यसपछि अश्विनी। ध्रुव योग बिहान ८:५८ AM सम्म त्यसपछि व्याघात योग। चन्द्रमा मीन राशि बिहान सम्म त्यसपछि मेष राशिमा। सूर्य कन्या राशिमा। आज शिवजीको दिन, पितृ पक्ष।

१२ राशिको फल:

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज चन्द्रमा तपाईंकै राशिमा आउँदैछ। आत्मविश्वास बढ्नेछ। सबै काम बन्नेछ। नयाँ काम थाल्न उत्तम। स्वास्थ्य राम्रो। शुभ रंग रातो।

वृष - इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
खर्च बढ्न सक्छ। विदेश सम्बन्धी काम बन्नेछ। मनमा अलि बेचैनी। शिवजीको पूजा गर्नुहोला। शुभ रंग सेतो।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, हा
आम्दानी बढ्ने दिन। साथीभाइ बाट ठुलो लाभ। इच्छा पूरा हुनेछ। सामाजिक सम्मान बढ्नेछ। शुभ रंग हरियो।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
काममा सफलता मिल्नेछ। पदोन्नतिको योग। पिताको सहयोग। सरकारी काम बन्नेछ। शुभ रंग मोती सेतो।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे
भाग्यले साथ दिनेछ। धार्मिक काममा मन जानेछ। टाढा बाट खुसीको खबर। पितृको आशिर्वाद मिल्नेछ। शुभ रंग सुन्तला।

कन्या - टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
स्वास्थ्यमा ध्यान दिनुहोला। गोप्य कुरा बाहिर नल्याउनुहोला। आर्थिक कारोबारमा होशियार। आज गणेशजीको पूजा गर्नुहोला। शुभ रंग हरियो।

तुला - रा, रि, रु, रे, रो, ता, ति, तु, ते
जीवनसाथी बाट सहयोग मिल्नेछ। व्यापारमा साझेदारी बाट लाभ। नयाँ सम्झौता हुन सक्छ। दिन रमाइलो। शुभ रंग गुलाबी।

वृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु
शत्रु माथि विजय। काममा प्रतिस्पर्धा जित्नुहुनेछ। स्वास्थ्यमा सुधार। ऋण बाट मुक्ति। शुभ रंग रातो।

धनु - ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
बौद्धिक काममा सफलता। सन्तान बाट खुसी। प्रेम सम्बन्धमा राम्रो। विद्यार्थीलाई उत्तम दिन। शुभ रंग पहेंलो।

मकर - भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, ग, गि
घरायसी सुख मिल्नेछ। आमाको सहयोग। जग्गा जमिनको काम बन्न सक्छ। मनमा अलि अशान्ति हुन सक्छ। शुभ रंग नीलो।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, दा
आँट बढ्नेछ। दाजुभाइको सहयोग। छोटो यात्रा लाभदायी। लेखन र बोल्ने काममा सफलता। शुभ रंग आकाशे नीलो।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि
धन लाभ हुनेछ। परिवारमा रमाइलो। बचत बढ्नेछ। बोलीको प्रभाव बढ्नेछ। बिहान सम्म चन्द्रमा तपाईंकै राशिमा। शुभ रंग हल्का पहेंलो।

सोमबार १२ असोज २०८३ ०६:२९ AM मा प्रकाशित

प्रतिक्रिया