×

संसदमा सुमनाको प्रश्न- अभियुक्त लामिछानेलाई राष्ट्रिय टोलीमा समावेश गराउन कुन नैतिकताले दियो ? 

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले बालिका बलात्कार अभियोग लागेका सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीमा सहभागि गराएको बिषयमा बिरोध गरेकी छिन् । प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद् श्रेष्ठले बलात्कारका अभियुक्तलाई राष्ट्रको प्रतिनिधि बनाउनु लज्जाजनक रहेको दाबी गरिन् ।

अभियुक्त लामिछानेलाई नेपाली क्रिकेटको राष्ट्रिय टोलीमा समावेश गरिएकोमा बिरोध गर्दै उनले भनिन्,‘बलात्कार जस्तो मुद्दालाई सामान्य बनाउन मिल्छ ? एउटा बलात्कार आरोपीलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो ?’ 

सांसद्मा बोल्ने क्रममा उनले लामिछानेलाई कुन नैतिकताको आधारमा कसरी राष्ट्रको प्रतिनिधि बनाइएको भन्दै संसदमा प्रश्न गरिन् । न्यायपालिकाको काम चुस्त, दुरूस्त र पारदर्शी हुनुपर्ने पनि उनको माग थियो । लामिछानको उदाहरण दिँदै उनले बलात्कार जस्तो जघन्य अपराधमा समाज विभाजित बनेकोमा दुःख व्यक्ति गरिन् । 

बुधबार ३ फागुन २०७९ ०१:२५ PM मा प्रकाशित

प्रतिक्रिया