×

गोंगबु घटनाको छानविन गरि दोषिमाथि कडा कारवाही गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन 

images


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, गोंगबुमा भएको घटनाको गम्भीर गरि दोषिमाथि कडा कारवाहीका लागि निर्देशन दिएका छन् ।
सुरक्षा अंगका प्रमुखहरूलाई बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले घटनाको गहिरो गरी छानविन गरि पिडितले न्याय पाउने गरी कार्वाही गर्न निर्देशन दिएका हुन् । 
 

“गोंगबुमा सोमबार भएको घटनालाई मैले गम्भीर रूपमा लिएको छु। राजधानीमा नै यस प्रकृतिका घटना हुँदा घटनालाई राज्यले गम्भीर रूपमा लिनुपर्छ। घटनाको पृष्ठभूमि के छ, के कारणले त्यस्तो अप्रिय घटना घट्न पुग्यो, त्यसमा दोषी कोको छन्, त्यो सबै कुराको गहिरो गरी अनुसन्धान गर्नुस्। लुटपाटको घटना झन् गम्भीर छ, त्यसमा दोषीलाई कार्वाही गर्नुस् र जो जो पीडित छन्, उनीहरूले छिटोभन्दा छिटो न्याय पाउने वातावरण बनाउनुस्।” प्रधानमन्त्री प्रचण्डको भनाई उद्धतगर्दै उनको सचिवालयले जनाएको छ । 

छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका प्रमुखहरूले बसपार्क क्षेत्रमा केही विवाद भए पनि यति अप्रिय घटना होला भनेर आफूहरूले पूर्वअनुमान नगरेको बताएका थिए । 

सो क्रममा उनीहरुले घटनामा परी ३३ जना प्रहरी घाइते भएको, शान्तिसुरक्षाको पूर्वअनुमान गर्न नसकिएको, प्रहरीको सावधानीका कारण मानवीय क्षति नभएको र विवादकै बिच लुटेरा समूहले फाइदा उठाएको प्रारम्भिक अनुसन्धानमा देखिएको बताएका छन् । 


 

बुधबार ३ फागुन २०७९ ०५:२७ PM मा प्रकाशित

प्रतिक्रिया