×

विश्वभर २४ घण्टामा २५ लाख कोरोना सङ्क्रमनबाट मुक्त

images

काठमाडौं : विश्वभर कोरोना संक्रमण हुनेभन्दा निको हुने दर बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा १४ लाख नयाँ संक्रमित थपिँदा २५ लाख निको भएका छन्।

पछिल्ला दिनमा विश्वभर सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको छ। अहिले विश्वभर ७ करोड २३ लाख सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ५ हजारको अवस्था जटिल रहेको र बाँकीको सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

पछिल्लो २४ घण्टामा थपिएका १४ लाख संक्रमितसँगै विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४१ करोड ३६ लाख पुगेको छ। जसमध्ये ३३ करोड ५४ लाख निको भइसकेका छन् भने ५ लाख ४२ हजारको मृत्यु भएको छ। गत २४ घण्टामा मात्रै ७ हजारको मृत्यु भएको छ।

नेपालको पछील्लो समयको अवस्था कस्तो छ ?

नेपालमा पछिल्लो २४ घण्टामा ७४७ जनामा कोरोना संक्रमण थपिएको छ। ८ हजार ६९६ जनाको स्वास्थ्य परीक्षण गर्दा ७४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

६ हजार २७९ जनाको पीसीआर र २ हजार ४१७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

पीसीआर परीक्षणबाट ४८२ र एन्टिजेन परीक्षणबाट २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। सोही अवधिमा २ हजार ३१९ जनाले कोरोनालाई जितेका छन्।

२४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९०० पुगेको छ। अहिले देशभर २० हजार ७३९ जना सक्रिय संक्रमित छन्।

मङ्गलबार ३ फागुन २०७८ १२:४० PM मा प्रकाशित

प्रतिक्रिया