×

जोमसामबाट पोखरा जाँदै बस कालीगण्डकीमा खस्यो, २ भारतीयसहित १७ जना घाइते

images

मुस्ताङ । म्याग्दी कोरोला यातायातको यात्रुबाहक बस दुर्घटना भएको छ । जोमसामबाट पोखरा जाँदै गरेको ना७ख ७४४० नम्बरको बस मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर ३ लेतेस्थित कालीगण्डकी नदीमा खसेको हो । दुर्घटना २ भारतीयसहित १७ जना घाइते भएका छन् । 

घाइतेमध्ये ४ जना सामान्य उपचापछि घर फर्किएका छन् भने १२ जनालाई उद्धार गरेर थप उपचारका लागि पोखरा पठाएको छ । यस्तै अर्का १ जनालाई अस्पताल पठाउने तयारी भइरहेको मुस्ताङका डीएसपी रवीन्द्र पौडेलले जानकारी दिए । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।  बस करिब ४५ मिटर तल खसेको हो ।

बुधबार ३ फागुन २०७९ १२:४३ PM मा प्रकाशित

प्रतिक्रिया