×

ल्होत्से मलमा मोबाइल लुटपाटसहित तोडफोडमा संलग्न भएको आरोपमा ४ जना पक्राउ

images

काठमाडौं। सोमबार नयाँ बसपार्कस्थित ल्होत्से मलमा तोडफोड गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दैलेख घरभइ तारकेश्वर बस्ने २४ वर्षिय चिरन रेग्मी, समाखुसीका ३५ वर्षिय नविन खड्गी, रुपन्देही घरभएका २२ वर्षिय सुजन खत्री र झापा घरभइ स्वयम्भु बस्ने १७ वर्षिय प्रदिप बस्नेत रहेका छन्।

उनीहरुको साथबाट प्रहरीले मोबाइलसम्बन्धीका विभिन्न समाग्रीहरु पनि बरामद गरेको प्रहरीले जनाएको छ।

उनीहरुमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा अदालतबाट ४ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो।

यातायात मजदुरको आन्दोलनका क्रममा आक्रोशित भीड नयाँ बसपार्कको ल्होत्से मलमा प्रवेश गरेर मोबाइल लुटपाटसहित तोडफोडमा संलग्न भएको थियो।

बुधबार ३ फागुन २०७९ ०८:५४ PM मा प्रकाशित

प्रतिक्रिया