×

७ हजार ९५ नमुना परीक्षण गर्दा ६८० जनामा कोरोना पुष्टि

images

काठमाडौं  : नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ६८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९५ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

त्यस्तै सोही अवधिमा १ हजार ८३५ जना निको भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ४२ हजार ७३७ पुगेको छ ।

त्यस्तै आज कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ९०२ पुगेको छ ।

मङ्गलबार ३ फागुन २०७८ ०५:२० PM मा प्रकाशित

प्रतिक्रिया