×

एमसीसी संसद्को सम्भावित कार्यसूचीमा परेन

images

काठमाडौँ । संघीय संसद सचिवालयले बुधबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसी प्रस्तावलाई समावेश गरिएको छैन ।

सचिवालयले मंगलबार सार्वजनिक गरेको बुधबार दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको संसदीय दलको बैठकमा प्रतिनिधि सभाको भोलिको बैठकमा एमसिसी अनुमोदनका लागि टेबल हुने बताएका थिए। तर सम्भावित कार्यसूचीमा भने समेटिएको छैन। त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ।

बुधबारको बैठकमा एमसीसी टेबुल गर्ने भनिएका बेला सम्भावित कार्यसूचीमा भने नसमेटिएको हो । यद्यपि, सभामुख अग्निप्रसाद सापकोटाले बुधबारका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

सो बैठकमार्फत प्रतिनिधिसभाको कार्यसूची परिवर्तन गर्न सकिने अवस्था भने रहेको छ । साथै कांग्रेसले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा प्रस्तुत गर्न सभामुखले आलटाल र अवरोध गर्न नमिल्ने बताएको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कुटनीति र पूर्वाधार विकाससँग जोडिएको एमसीसी जनप्रतिनिधि संस्थामा प्रस्तुत गराउन र छलफल गराउन सभामुखले रोक्न नमिल्ने निष्कर्ष निकालेको हो ।

 

मङ्गलबार ३ फागुन २०७८ ०८:४६ PM मा प्रकाशित

प्रतिक्रिया