×

आत्मनिर्भर लघुवित्तले आइपीओ निष्कासन गर्दे 

images

काठमाडौं । आत्मनिर्भर लघुवित्तले सर्वसाधारण लगानीकर्तालाई फागुन ११ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई यसअघि नै (माघ १६ गतेदेखि) आइपीओ निष्कासन गरिसकेको छ । आत्मनिर्भरले आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५% ले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न भएको हो । 

 जसअनुसार प्रतिसेयर १ सय अंकित मूल्यमा २ लाख ३ हजार ३८० कित्ता सेयर निष्कासन हुनेछ। यसमध्ये १०% अर्थात् २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिएको छ ।

यस्तै, जारी पुँजीको ०.५% अर्थात् ३ हजार ११७ कित्ता सेयर कर्मचारीलाई र ५% अर्थात् १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । 

सर्वसाधारण लगानीकर्ताले यसमा फागुन १५ गतेसम्म आवेदन दिन पाउनेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भने फागुन २५ गतेसम्म पनि भर्न पाइनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।
 

बुधबार ३ फागुन २०७९ ११:२३ AM मा प्रकाशित

प्रतिक्रिया