काठमाडौं । राजनीतिक दलका शीर्ष नेता सभामुख निर्वाचनको आन्तरिक तयारीमा जुटेका छन् ।
प्रतिनिधि सभाको पहिलो बैठक बसेको १५ दिनभित्रमा सभामुख र उपसभामुख चयन गरिसक्नु पर्ने कानुनी प्रावधान छ ।
आगामी बिहीबार सभामुखको निर्वाचन हुँदै छ भने उम्मेदवारी दर्ता बुधबार नै हुनेछ । उपसभामुखको निर्वाचन ९ माघभित्रैमा हुन्छ ।
सभामुख र उपसभामुखमध्ये एक महिला र फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ । आजको राजधानी दैनिकबाट
प्रतिक्रिया