काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनसँगको वार्ताअघि रुसलाई चेतावनी दिएका छन् ।
वाशिंगटन डीसीको केनेडी सेन्टरका पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यदि रूसले युक्रेनमा युद्धविराममा सहमति जनाएन भने, उसले धेरै गम्भीर परिणामहरू भोग्ने चेतावनी दिएका हुन् । ट्रम्पलाई पत्रकारहरुले सोधेको रूसी राष्ट्रपति पुटिनले बैठक पछि युद्ध अन्त्य गर्न सहमत भएनन् भने के हुन्छ ? भन्ने प्रश्नको जवाफ दिदै उनले यस्तो चेतावनी दिएका हुन् ।
ट्रम्पले जवाफ दिदै भने- 'हो, परिणामहरू हुनेछन् । परिणामहरूको प्रकारको बारेमा मलाई केही भन्न आवश्यक छैन, तर तिनीहरू धेरै गम्भीर हुनेछन् ।' राष्ट्रपति ट्रम्प र पुटिन अगस्ट १५ मा अलास्कामा भेट्ने कार्यक्रम छ, जसमा युक्रेन युद्ध अन्त्य गर्ने सम्भावित तरिकाहरूबारे छलफल गरिने बताइएको छ ।
प्रतिक्रिया