×

फुङ्लिङ नगरपालिका–११ मा माओवादी केन्द्रका भट्टराई विजयी

images

ताप्लेजुङको एक मात्र नगरपालिका रहेको फुङ्लिङ नगरपालिका–११ वडामा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्ष पदमा युवराज भट्टराईसहित प्यानल नै विजयी हुनुभएको छ । भट्टराईले ३५४ मत प्राप्त गर्दै विजय हुनुभएको हो । 

उहाँका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार मनित इजमले २४९ मत प्राप्त गरेको छ भने एमालेका सबिन विष्टले २०१ मत प्राप्त गरेको छ । त्यस्तै महिला सदस्य पदमा ३५७ मत प्राप्त गर्दै बिनिता राई विजय हुनुभएको छ । दलित महिला सदस्य पदमा ३४७ मत प्राप्त गर्दै कमला विश्वकर्मा विजयी हुनुभएको छ । खुल्ला सदस्य पदमा ३७८ र ३३७ मत प्राप्त गर्दै लक्ष्मी बिष्ट र नन्दकुमार इजम विजय हुनुभएको छ । 

फुङ्लिङ नगरपालिकामा गठबन्धनका कांग्रेसका प्रमुख पदका उम्मेदवार अमिर मादेनले ५०१ मत प्राप्त गर्नुभएको छ भने एमालेका छत्रपति प्याकुरेलले २०७ मत प्राप्त गर्नुभएको छ । यता, उपप्रमुख गठबन्धनका बमबहादुर भट्टराईले ४९१ मत प्राप्त गर्नुभएको छ भने एमालेका भीमादेवी ओझाले २१४ मत प्राप्त गर्नुभएको छ ।

शनिबार ३१ बैशाख २०७९ ०८:०० PM मा प्रकाशित

प्रतिक्रिया