×

टोपबहादुर रायमाझी पक्राउ

images

काठमाडौं ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका टोपबहादुर रायमाझी पक्राउ परेका छन् । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार रहेका थिए ।

आइतबार साँझ रायमाझी पक्राउ परेका हुन् । उनलाई काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

रायमाझीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका प्रतिनिधिसभा सदस्य समेत रहेका रायमाझी बूढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनलाई त्यहाँबाट पक्राउ गरेर परिसरमा ल्याइएको छ ।


सोही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने यही वैशाख २० गते नै पक्राउ गरेको थियो । बाबुछोराविरुद्ध एकैदिन पक्राउ पुर्जी जारी भएको थियो । 

यस्तै यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण समेत १३ जना पक्राउ परेका छन् भने अन्य केही अझै फरार छन् ।

आइतबार​ ३१ बैशाख २०८० १०:३१ PM मा प्रकाशित

प्रतिक्रिया