×

एमसीसीविरुद्ध माइतीघरमा २२ दलको प्रदर्शन

images

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विरुद्ध २२ दलीय गठबन्धनले विरोध प्रदर्शन गरेको छ ।

एमसीसी सम्झौता खारेजीको माग गर्दै विभिन्न २२ दलको संयुक्त गठबन्धनले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्‍वरसम्‍म विरोध प्रदर्शन गरेको हो ।

उनीहरुले एमसीसी सम्झौता खारेज गर, एमसीसी चाहिँदैन-देश बेच्‍न पाइदैन,नेपाल विदेशी स्वार्थका लागि परेड खेल्‍ने ठाउँ होइनलगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका थिए ।

प्रदर्शनमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मञ्चलगायत सहभागी थिए ।

 

सोमबार २ फागुन २०७८ ०५:०३ PM मा प्रकाशित

प्रतिक्रिया