×

गण्डकीको सभामुखमा माओवादीका धिताल निर्वाचित

images

काठमाडौं । गण्डकी प्रदेशको सभामुखमा नेकपा(माओवादी केन्द्र)का कृष्णप्रसाद धिताल निर्वाचित भएका छन्।

सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेका धितालको पक्षमा ३२ मत आयोभने विपक्षमा २६ मत आएको छ। उनले बहुमत ल्याएपछि नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी सरस्वती अर्यालका लागि मतविभाजन गर्न परेन।

एमालेले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने गरी भागबण्डा गरिएको थियो।

सोहीअनुसार नेकपा(एमाले)का संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर प्रदेशसभाबाट विश्वासको मत पाइसकेका छन्।

शनिबार ३० पुस २०७९ ०९:५६ PM मा प्रकाशित

प्रतिक्रिया