नेपाल कम्युनिस्ट पार्टी एमालेका सचिव महेश बस्नेतले 'लासहरूको पार्टी होइन कांग्रेस' भन्दै उफ्रिने केही नेताहरूले ऐतिहासिक लोकतान्त्रिक पार्टीलाई खरानी बनाउने बाटो रोज्नु दुर्भाग्यपूर्ण रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस शेयर गर्दै त्यस्तो धारणा राखेका हुन् ।
काठमाडौं। सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दायर गरिएको संगठि...
रवि विरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णय
नेता बस्नेतले भनेका छछन्, लोकतन्त्र कमजोर बनेको, देश राजनीतिक अस्थिरता र अनिश्चितताको चरणमा रहेको बेला कांग्रेसभित्र देखिएको विभाजन अत्यन्तै दुःखद र चिन्ताजनक घटना हो । यस्तो संवेदनशील समयमा लोकतन्त्रको मर्म जोगाउन सबै लोकतान्त्रिक शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने थियो । तर, 'लासहरूको पार्टी होइन कांग्रेस' भन्दै उफ्रिने केही नेताहरूले ऐतिहासिक लोकतान्त्रिक पार्टीलाई खरानी बनाउने बाटो रोज्नु दुर्भाग्यपूर्ण छ ।'
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुर लगायतका नेपालाई ५ वर्षका लागि पार्टीबाट...
गगन-विश्वप्रकाशसहितका नेताहरू ५ वर्षका लागि पार्टीबाट निष्काशित, कारबाही पछि गगन भन्छन पार्टी कसैको प्राइभेट कम्पनी होइन
नेता बस्नेतले थप भनेका छन्, 'नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निरंकुशताको आरोप खेपेर भए पनि पार्टीलाई एकताबद्ध राख्न खेलेको भूमिका अतुलनीय र प्रशंसनीय छ । बलियो एमाले र केपी ओलीजस्तो अभिभावकत्व, स्पष्ट नेतृत्व र पार्टीप्रतिको जिम्मेवारी नभएको अवस्थामा कांग्रेस विभाजनतर्फ धकेलिएको यथार्थलाई नजरअन्दाज गर्न सकिँदैन ।'
उनले कांग्रेसभित्र घटेको यो नसोचेको घटना लोकतन्त्रप्रेमी सबैका लागि पीडादायक बनेको पनि बताएका छन् । उनले भने छन्, 'लोकतन्त्र धरापमा परेको, असंवैधानिक अभ्यासहरू हावी हुँदै गएको र विदेशी चलखेलले देशको अस्तित्वसमेत संकटमा परिरहेको बेला गगन थापा र विश्वप्रकाश शर्माजस्ता नेताहरूको भूमिकाले स्थितिलाई सच्याउँछ कि अझै जटिल बनाउँछ, यसको गम्भीर समीक्षा इतिहासले गर्ने नै छ । जे होस्, आज कांग्रेसभित्र घटेको यो नसोचेको घटना लोकतन्त्रप्रेमी सबैका लागि पीडादायक बनेको छ ।'
प्रतिक्रिया