×

रवि विरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णय

images

काठमाडौं। सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दायर गरिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिएको छ।

महान्यायाधिवक्ता सबिता भण्डारी बरालका अनुसार सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत् रहनेछ । “सहकारी ठगीको मुद्दा कायम नै छ, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिने प्रयोजनका लागि मात्रै आरोपपत्र संशोधन गर्न स्वीकृति दिइएको हो,” उनले भनिन् ।

सहकारी ठगी प्रकरणसँगै जोडेर लगाइएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग राजनीतिक पूर्वाग्रहका आधारमा लगाइएको दाबी गर्दै लामिछानेको तर्फबाट यसअघि नै मुद्दा फिर्ताका लागि निवेदन दिइएको थियो।

महान्यायाधिवक्ताकाे याे निर्णयपछि जिल्ला अदालत कास्कीमा चलिरहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता हुनेछ।

रुपन्देही, काठमाडौं र पर्सामा चलिरहेको संगठित अपराधको मुद्दा पनि फिर्ता हुनेछ। तर, चितवन जिल्ला अदालतमा संगठित अपराध र सम्पत्ति शुद्धीकरण कुनै पनि मुद्दा नचलेकाले अभियोगपत्र संशोधन गर्ने निर्णय भएको छैन।

बुधबार १ माघ २०८२ ०७:३३ PM मा प्रकाशित

प्रतिक्रिया