×

केपी ओली भन्छन साझा घोषणापत्र बनाउन नसक्ने गठबन्धनले काम कसरी गर्छ ?

images

कालिकोट । एमाले अध्यक्ष केपी शर्मा ओलीले साझा घोषणापत्र बनाउन नसकेको सत्तारुढ गठबन्धनले साझा काम कसरी गर्छ भनेर प्रश्न गरेका छन् । आइतबार कालिकोटमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भने, ‘ गठबन्धनले के कार्यान्वयन गर्छ, उहाँहरुको आ–आफ्नो घोषणापत्र छ ? एउटै घोषणापत्र छैन । एउटा साझा घोषणापत्र दिन नसक्नेले साझा काम कसरी गर्छ रुकुन घोषणापत्र लागु हुन्छ, उनीहरु भन्न सक्दैनन् ।’

तर, एमाले र एमालेका उम्मेदवारले इमान्दारीपूर्वक काम गर्ने ओलीको दाबी छ । ‘हामी हाम्रो उम्मेदवारको जिम्मेवारी लिन्छौँ,’ ओली भने, ‘हामीले कर्मठ र सक्षम उम्मेदवार उठाएका छौँ, उहाँहरुले इमान्दारीपूर्वक काम गर्नुहुन्छ ।’ तर, एमाले र एमालेका उम्मेदवारले इमान्दारीपूर्वक काम गर्ने ओलीको दाबी छ । ‘हामी हाम्रो उम्मेदवारको जिम्मेवारी लिन्छौँ,’ ओली भने, ‘हामीले कर्मठ र सक्षम उम्मेदवार उठाएका छौँ, उहाँहरुले इमान्दारीपूर्वक काम गर्नुहुन्छ । साथै ओलिले  प्रचण्ड दक्षिणपन्थीका शरणमा पुगेको आरोप लगाएका छन् । सरकार सहज रूपमा चलाउन नदिएपछि ताजा जनादेशका लागि संसद् विघटन गरेको उनको भनाइ छ । उनले संसद् विघटन सही नै भएको दाबी पनि गरेका छन् ।

ओलीले उल्टै गठबन्धनले नै प्रतिगमन गरेको आरोप लगाए । ‘हामीले राष्ट्रिय हितका विषयमा शिर झुकाएर कुरा गरेनौँ, एमालेले प्रतिगमन गर्‍यो रे,’ ओलीले भने, ‘माओवादीलाई साथमा लिएर ३६ सिट जितायौँ, तर सहमति तोडे, दक्षिणपन्थी शक्तिसँग मिलेर सरकार टुटाउने काम गरे, जहिले नक्कली कुरा गरे । ’

केही दिनअघि माओवादी अध्यक्ष प्रचण्ड रास्कोट पुगेर ओलीलाई प्रतिगमनकारी भनेका थिए । ओलीले त्यसको जवाफ दिँदै भने, ‘कांग्रेसका पछाडि लागेर रास्कोट आएर प्रतिगमन गर्‍यो रे । मैले प्रतिगमन गर्ने काम कहिलै गरिनँ ।’

‌‍ओलीले अर्काको देशको हतियार ल्याएर प्रचण्डले नेपाली जनताको घाँटी रेट्ने काम गरेको आरोपमसमेत लगाए । ‘मैले कहिलै प्रतिगमन गर्ने काम गरिनँ, प्रचण्ड जस्तो बरु प्रतिगमका विरुद्धमा लड्नु छ,’ ओलीले भने, ‘देउवाहरू प्रतिगमन जोगाएँ भन्दै हुनुहुन्छ, म भन्छु यति पाउनुभएको छ भने अहिलै ल्याएर बुझाइदिनुहोस् ।’टेलिकमको चुनाव अफर, २ सय ९४ रुपैयाँमा २० जीबी डाटा

आइतबार​ २७ कात्तिक २०७९ ०२:५० PM मा प्रकाशित

प्रतिक्रिया