×

भीम रावलको माया लाग्या भए अछाम जानुस्- अध्यक्ष ओली

images

काठमाडौं । नेकपा एमालेको चुनावी सभामा कार्यकर्ताले भीम रावलको नाम लिएपछि अध्यक्ष केपी शर्मा ओली रिसाएका छन् । दैलेखमा आयोजित चुनावी सभामा सभाबाट भीम रावलको नाम आएपछि ओली झोक्किए ।

कार्यकर्ताले ‘भीम रावल खै’ भन्दै प्रश्न गरे । पटक-पटक कार्यकर्ताले भीम रावल भनेपछि ओली झोक्किए । भीम रावलको नाम लिनेहरुलाई ओलीले जवाफ फर्काए, ‘चुप लागेर बस्नुस् । भीम रावलको माया लाग्या भए अछाम त्यहीँ पारिपट्टि छ, जानुस् ।’

यसअघिका अन्य केही कार्यक्रममा समेत कार्यकर्ताले भीमरावलबारे ओलीसँग सोधिखोजी गर्दै आएका छन् । भीम रावल अछाम-१ बाट प्रतिनिधिसभाको उम्मेदवारका आकांक्षी थिए । उनलाई टिकट नदिइएको भन्दै कार्यकर्ताले पार्टी अध्यक्ष ओलीलाई प्रश्न गर्दै आएका हुन् ।

आइतबार​ २७ कात्तिक २०७९ ०८:०५ PM मा प्रकाशित

प्रतिक्रिया