×

टी–२० विश्वकप फाइनल- आज उपाधिका लागि इंग्ल्याण्ड र पाकिस्तान भिड्दै

images

काठमाडौं । टी–२० विश्व कप क्रिकेटको उपाधिका लागि आज इंग्ल्याण्ड र पाकिस्तान भिड्दैछन् ।फाइनल खेल अष्ट्रेलियाको मेलबर्न मैदानमा नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ ।

समूह चरणमा आयरल्यान्डसँगको पराजयपछि संघर्ष गरिरहेको  इंग्ल्याण्डले बिहीबार भारतलाई १० विकेटले पराजित गर्दै फाइनलमा पुग्यो।

पाकिस्तानले सुरुका दुई खेलमा हार बेहोरेपछि लगातार चार जित हात पार्दै फाइनलमा स्थान पक्का गरेको थियो । पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डलाई हराएको थियो । पाकिस्तानले सन् २००९ मा पहिलो पटक टी–२० विश्वकप जितेको थियो । त्यतिबेला युनिस खान टिमको कप्तान थिए । सन् २०१० मा इङ्ल्यान्डले पहिलो पटक यो ट्रफी जितेको थियो ।

त्यति बेला पल कलिङवुड टोलीका कप्तान थिए। यदि यी दुई टोलीले यो प्रतियोगिता जित्यो भने यो उनीहरूको दोस्रो टी–२० विश्वकप ट्रफी हुनेछ। टी–२० विश्व कपको यो आठौँ संस्करण हो । दुई टोलीबीच २८ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिएका छन् । जसमध्ये पाकिस्तानले ९ र इङ्ल्यान्डले १७ मा जितेको थियो । १ खेल बराबरीमा सकियो र १ खेलमा कुनै  नतिजा आएन। 

आइतबार​ २७ कात्तिक २०७९ ०८:२८ AM मा प्रकाशित

प्रतिक्रिया