×

इंग्ल्यान्डले जित्यो ट्वान्टी ट्वान्टी विश्वकप

images

मेलबर्न । इंग्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै आइतबार ट्वान्टी ट्वान्टी विश्वकपको उपाधि जितेको छ । इंग्ल्यान्ड पछिल्लो वान डे विश्वकपको विजेता पनि हो । त्यसैले इंग्ल्यान्ड एकै समय वान डे र ट्वान्टी ट्वान्टी विश्वकपको विजेता भएको छ ।

विश्व क्रिकेटमा यो ऐतिहासिक उपलब्धी हो । जितका लागि मेलबर्न क्रिकेट मैदानमा १ सय ३८ रनको लक्ष्य पाएको इंग्ल्यान्डले १९ ओभरमा पाँच विकेट गुमाएर विजयी रन बनायो । इंग्ल्यान्डका लागि बेन स्टोक्सले निर्णायक प्रदर्शन गरे र ५२ रन बनाएर नटआउट रहे ।   

कप्तान जस बटलरले त्यस अगाडि २६ रन बनाएका थिए । टस जितेर इंग्ल्यान्डले पाकिस्तानलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । पाकिस्तानले २० ओभरमा आठ विकेट गुमाएर १ सय ३७ रन बनायो ।

इंग्ल्यान्डको धारिलो बलिङ र त्यसलाई सुहाउँदा उच्च फिल्डिङका कारण पाकिस्तानले खुलेर रन बनाउन सकेन् । उसका लागि सन मसुदको ३८ रन नै उच्च व्यक्तिगत स्कोर रह्यो । इंग्लिस बलरमध्ये साम करनले तीन विकेट लिए । 
 

आइतबार​ २७ कात्तिक २०७९ ०५:४१ PM मा प्रकाशित

प्रतिक्रिया