काठमाडौँ । मेक्सिको सिटीमा मुसलधारे वर्षाले ७३ वर्ष पुरानो रेकर्ड तोडेको छ ।
मुसलधारे वर्षाका कारण लगातार दोस्रो दिन मुख्य विमानस्थलमा केही घण्टा उडानहरू रोकिएका थिए, जसले गर्दा ल्याटिन अमेरिकाको सबैभन्दा व्यस्त विमानस्थलहरूमध्ये एकमा अस्तव्यस्तता सिर्जना भएको थियो । साथै, वर्षाले जनजीवन पनि नराम्ररी प्रभावित भएको थियो ।
उडानहरूमा यो अवरोध यस्तो समयमा आएको हो जब शहरमा पछिल्ला केही वर्षहरूमा सबैभन्दा धेरै वर्षा भइरहेको छ । यसका कारण शहरका विभिन्न भागहरू डुबानमा परेका छन् । भारी वर्षाका कारण उडानहरू कम्तिमा चार घण्टाका लागि निलम्बित गरिएको थियो ।
मेक्सिको सिटीका मेयर क्लारा ब्रुगाडाले आइतबार भारी वर्षा भएको बताए, जसका कारण शहरको मुख्य चोक, जोकालो भनेर चिनिने, ३ इन्चभन्दा बढी पानीले भरिएको बताए । उनले धेरैजसो पानी केवल २० मिनेटमा खसेको बताए । यसका कारण १९५२ को रेकर्ड तोडिएको थियो । १९५२ मा मेक्सिकोको जोकालो क्षेत्रमा ६७ एमएम बर्षा भएको थियो भने अहिले ८४.५ एमएम सम्म वर्षा भएको रिपोर्टमा उल्लेख छ । जसमा केवल २० मिनेटमा ५० एमएम वर्षा भएको बताइएको छ ।
मिडिया रिपोर्टका अनुसार, खराब मौसमका कारण ७० भन्दा बढी उडानहरू डाइभर्ट गर्नुपरेको थियो । यसमा, धेरै विमानहरू अन्य कुनै वैकल्पिक विमानस्थल नभेटिँदा आफ्नो प्रस्थान बिन्दुमा फर्कनुपरेको थियो । हवाई सेवा अवरुद्ध हुँदा यात्रुहरूले भोगेको समस्या स्पेनी शहर म्याड्रिडबाट उडान भरेको उडान क्यानकुनमा अवतरण गरिएको थियो । यो ठाउँ मेक्सिको सिटीको मुख्य विमानस्थलबाट लगभग ८०० माइल टाढा छ, जहाँ पुग्न १० घण्टा लागेको बताइएको छ ।
प्रतिक्रिया