×

आज विश्व सुलेखन दिवस मनाइँदै

images

काठमाडौँ । आज नेपालसहित विश्वभर विश्व सुलेखन दिवस मनाइँदै छ । युवा, अक्षर लेखनसँग सम्बन्धित विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । हरेक वर्ष अगस्टको दोस्रो बुधबार विश्व क्यालिग्राफी दिवस मनाइन्छ र दिवस मार्फत अक्षर लेखनको सुनौलो प्रभावको विश्वव्यापी चर्चा गरिन्छ । सन् २०१७ बाट यस दिवस मनाउन सुरु गरिएको हो ।

राम्रा अक्षरहरू लेख्ने कलालाई नै क्यालीग्राफी भनिन्छ । ब्रस या पेनले यसरी राम्रा अक्षरहरू लेख्ने कलालाई नै क्यालीग्राफी भनिन्छ र यस्ता क्यालीग्राफीहरुको डिजिटल फन्टहरूको सिर्जनामा ठुलो योगदान रहन्छ । क्यालीग्राफीमा अक्षरहरुमात्र नभई विभिन्न चिह्नहरू पनि बनाइन्छ ।

नेपालका लगायत विभिन्न देशहरुहरुमा क्यालीग्राफरहरुको सम्मान र अक्षर लेखन गरी मनाइने गरिएको छ । नेपालमा धेरै क्यालीग्राफरहरु छन्, जस्तै रञ्जना या देवनागिरि लिपि या अन्य कला  लिपीको किन नहोस्  । ब्रस या पेनले राम्रा अक्षरहरू लेख्ने कलालाई नै क्यालीग्राफी भनिन्छ र यस्ता क्यालीग्राफीहरुको डिजिटल फन्टहरूको सिर्जनामा ठुलो योगदान रहन्छ ।

क्यालीग्राफीमा अक्षरहरुमात्र नभई विभिन्न चित्रहरू पनि बनाइन्छ । ति डिजाइनहरू र अक्षरहरू हेर्नको लागि मात्र एकदम सुन्दर नभईकन तिनीहरूले हाम्रो जीवनलाई नै नयाँ अर्थ दिने गरेका छन् । इतिहासका पानाहरू उक्काएर हेर्दा राम्रा र विशेष अक्षरहरू देवताको भाषा र ऊर्जाको माध्यमका रूपमा लिने गरिएको पाइन्छ । चीन, जापान र कोरियाजस्ता देशहरूमा त आज पनि क्यालीग्राफीलाई सुप्रिम कलाको रूपमा लिइन्छ ।

बुधबार २९ साउन २०८२ ०९:२२ AM मा प्रकाशित

प्रतिक्रिया