काठमाडौं । दोस्रो टी-ट्वान्टी क्रिकेटमा घरेलु टोली भारतलाई दक्षिण अफ्रीकाले हराएको छ । गएराति भएको खेलमा पाहुना टोली दक्षिण अफ्रीकाले भारतलाई ४ विकेटले हराएको हो ।
यस जितसँगै दक्षिण अफ्रीकाले ५ खेलको सिरिजमा २–० को अग्रता बनाएको छ । भारतले दिएको १ सय ४९ रनको लक्ष्य दक्षिण अफ्रीकाले १८ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । दक्षिण अफ्रीकाको जितमा हेन्रिच क्लासेनले ८१ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै कप्तान टेम्बा बाभुमाले ३५ तथा डेभिड मिलरले अविजित २० रनको योगदान गरे । भारतका भुवनेश्वर कुमारले ४ तथा हर्सल पटेल र युजभेन्द्र चाहलले एक एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४८ रन जोडेको थियो ।
भारतका श्रेयस इयरले ४० तथा इशान किशनले ३४ रन बनाए । दिनेश कार्तिकले अविजित ३० रन जोडे । दक्षिण अफ्रीकाका एन्रिच नोर्कियाले २ विकेट लिए ।
प्रतिक्रिया