नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले पार्टीका नेता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष ओलीसँग गर्नुभएको भेटलाई स्वाभाविकै रूपमा लिइएको प्रतिक्रिया दिनुभएकाे छ । आज साेमवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
नेता गुरुङले आउँदाे असार १५ गते बस्ने केन्द्रीय कमिटी बैठकले पदाधिकारी चयन गर्ने सङ्केत गर्नुभयाे । सञ्चारकर्मीहरूले पदाधिकारी नियुक्ति कहिले हुन्छ ? भनी प्रश्न गरेका थिए । त्यसकाे जवाफ दिँदै उहाँले भन्नुभयाे, ‘पदाधिकारीको विषयमा पार्टीले आवश्यकताअनुसार केन्द्रीय कमिटीको बैठक बसेर उपयुक्त समयमा निर्णय गर्न सक्छ । अब असारको १५ गते केन्द्रीय कमिटीको बैठक बस्ने भनेर भनिएको छ । सम्भवतः त्यो बैठकमा पनि हुन सक्दछ ।’
नेता गुरुङले राष्ट्रिय स्वाधीनताको सवालमा निकट रहेको पार्टीसँग आउँदाे प्रदेश र प्रतिनिधि सभा चुनावमा सहकार्य गरेर जान सकिने धारणा राख्नुभयो । विगतमा संसद् विघटन गरेर प्रतिगमनतिर एमाले गएकाले आफ्नो पार्टीले कांग्रेससँग सहकार्य गरेर पालिका चुनावमा जानुपरेको उहाँकाे भनाइ छ ।
प्रतिक्रिया