×

१ सय १३ वटा कछुवासहित वीरगञ्जबाट एक जना पक्राउ

images

एक सय १३ वटा कछुवासहित वीरगञ्जबाट एक जना पक्राउ परेका छन् । भारतबाट अवैधरूपमा ल्याएका एक सय १३ वटा ज्युँदा कछुवासहित बाराको कलैयाका आनन्दलाल टेमालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भारतबाट वीरगञ्ज महानगरपालिका–१६ इनर्वा गाउँको बाटो हुँदै कछुवा ल्याइरहेको सूचनाको आधारमा प्रहरीले टेमानीलाई पक्राउ गरेको हो । उनलाई कारबाहीका लागि डिभिजन वन कार्यालय पर्सामा बुझाइएको प्रहरीले जनाएको छ । 

यस्तै आजै प्रहरीले काठमाण्डाै महानगरपालिका ३२ कोटेश्वरबाट १० वटा ज्युँदा कछुवासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका १ घर भएका राज देउला र राहुल देउला रहेका छन् ।

सोमबार ३० जेठ २०७९ ०४:२९ PM मा प्रकाशित

प्रतिक्रिया