×

साहित्यकार आलोकको 'पहाड र लमतन्न समुन्द्र' सार्वजनिक

images

काठमाडौं : साहित्यकार पवन आलोकको नियात्राकृति सार्वजनिक भएको छ । आलोकको 'पहाड र लमतन्न समुन्द्र'  नियात्राकृति सार्वजनिक बुधबार बाठमाडौंंमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो ।

नियात्रा समाज नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै समाजका अध्यक्ष एवं साहित्यकार प्रतीक ढकालले पवन आलेकका नियात्रालृे पाठकलाई नढाँट्ने दावी गरे । यस्तै समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले आलोक नियात्रामा सिधा भन्ने गरेकाले उनका नियात्रा पढ्न पाठकलाई सहज हुने बताए ।

कार्यक्रममा बोल्दै साझा प्रकाशनका महाप्रबन्धक एवं साहित्यकार प्रल्हाद पोखरेलले साझा प्रकाशनको अवस्था बारेमा बताउँदै साझलाइृ साथ दिन लेखक कविहरुलाई आग्रह गरे । उनले आलोकको नियात्राकृतिले पाठकको मन जित्नेमा आफू विश्वस्त रहेको बताए । 

यस्तै कार्यक्रममा बोल्दै साहित्यकार किशोर पहाडीले पुराना स्रष्टाहरुका पनि नियात्रा कृतिहरु अध्ययन गर्नु पर्ने बताउँदै आलोकको लेखनशैलीको प्रशंसा गरे । यसैगरी कार्यक्रममा बोल्दै साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले लामो साहित्यिक यात्रातय गरेका आलोकको साहित्यिक सिर्जना लोभलाग्दा भएको बताए । उनले आलेकसंग कुनै तडकभडक नभएको जिकिर गरे ।

कार्यक्रममा  साहित्यकार विधान आचार्यले लेखक आलोकको लेखन प्रवृत्तिको चर्चा गर्दै नियात्राकार इमानदार हुनुपर्ने बताए ।  यस्तै कार्यक्रममा नियात्राकार जय छाङ्छाले नियात्रामा लेखकले छलछाम गर्ने प्रवृत्ति बढेको बाउँदे , नियात्रामा ढाँट्नु अपराध जस्तै हुने बताए । यसै गरी साहित्यकार श्रीओम श्रेष्ठ रोदनले अवन आलोक प्रतिबद्ध लेखक भएका कारण उनका नियात्रा ढाँटछलबाट टाढै रहेको बताए ।

यस्तै साहित्यकार प्रा.डा. गोनिन्दमान सिंह कार्कीले नियात्राकार आलेक सरल र शिष्ट लेख भएको बताए । कार्यक्रममा लेखक भारती गौतमले निरन्तर लेख्न सक्नु ठूलो कार्यभएको बताइन र कवि ठाकुर बेलवासेले पवन ओलकको जीवन पद्धतिजस्तै लेखन सरल र शिष्ट रहेको बताउँदै युवापुस्ताका लागि आलोक अनुकरणीय भएको बताए । 

कार्यक्रममा उपस्थित साहित्यकारहरू  प्रतीक ढकाल,प्रल्हाद पोखरेल,प्रा.डा. लक्ष्मणप्रसाद गौतम, किशोर पहाडी ,विधान आचार्य, श्रीओम श्रेष्ठ ,राधेश्याम लेकाली,प्रा.डा. गोनिन्दमान सिंह कार्की,जय छाङ्छा, जयदेव भट्टराई ,देवीका तिमल्सिना, प्रधुम्न जोशी ,राजेश खनाल ,शंकर भारती , भारती गौतम,गीता रेग्मी , ठाकुर बेलवासे ,छविरमण सिलवाल ,रञ्जना निरौला र रेखा कँडेल, र मुना बोहोरा लगायतले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका थिए ।

बुधबार ३० चैत २०७८ १२:५८ PM मा प्रकाशित

प्रतिक्रिया