×

गठबन्धन टुटाउन, सरकार गिराउन र निर्वाचन प्रक्रिया बिथोल्न अनेक प्रपञ्च भइरहेका छन् : अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

images

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धन टुटाउन, सरकार गिराउन र निर्वाचन प्रक्रिया बिथोल्न अनेक प्रपञ्च भइरहेको बताएका छन् । २७ औं जनयुद्ध दिवसका अवसरमा आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिगमनविरोधि सत्ता गठबन्धन विरुद्ध षड्यन्त्रहरु जारी रहेको बताएका हुन् ।

images

झापामा तोरीखेतीको आशलाग्दो विस्तार

झापा : तेलहन बाली तोरीको उत्पादन जिल्लामा यस वर्ष बढ्ने भएको छ । तोरीखेतीको क्षेत्र विस्तार भएका कारण विगतमा भन्दा बढी उत्पादन हुने अपेक्षा...

‘प्रतिगमनविरोधि गठबन्धन टुटाउन, यो सरकार गिराउन र निर्वाचन प्रक्रिया बिथोल्न अनेक प्रपञ्च भइरहेका छन्’, अध्यक्ष प्रचण्डले भने, ‘गठबन्धन संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि बनेको हो ।’ 


अध्यक्ष प्रचण्डले गठबन्धन कुनै देश विशेषसँग गरेका सहमति, सम्झौता, परियोजना, आर्थिक सहयोग वा लेनदेनका आधारमा गठबन्धन नबनाएको भन्दै जुन सैद्धान्तिक र राजनैतिक मान्यतामा गठबन्धन बनाएको हो त्यही मान्यताबाट अगाडि बढेमात्रै लक्ष्यमा पुगिने बताए ।


 आज यदि कसैले कुनै एउटा परियोजनासँग गठबन्धनको भविष्य सोच्छ भने ऐतिहासिक धरातल भत्काउने जस्तै हुन जान्छ’, अध्यक्ष प्रचण्डको भनाइ छ । उनले जुन मुल्य र मान्यतामा रहेर गठबन्धन बनाइएको हो त्यसैमा जनता समेत दृढ रहेकाले जनताका उक्त मर्म र भावनाको उच्च सम्मान गर्नुपर्ने बताए ।


 

आइतबार​ १ फागुन २०७८ १०:४६ AM मा प्रकाशित

प्रतिक्रिया