काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्यालसंग नेपाल भ्रमणमा रहेका भारतिय परराष्ट्र सचिव विनयमोहन क्वात्राले भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको भेट, नेपाल भारतको सम्बन्धलाई थप प्रगाढ बनाउन फलदायी भएको भारतीय दुतावासले सामाजिक संजाल ट्वीटर मार्फत जनाएको छ।
दुईदिने औपचारिक भ्रमणका क्रममा भारतीय विदेशसचिव क्वात्रा सोमबार बिहान काठमाडौं आएका थिए। उनी भारतीय वायुसेवाको जहाजमा आएका थिए। क्वात्रासँगै भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान हेर्ने डिभिजनका सहसचिव अनुराग श्रीवास्वसहितका अधिकारी पनि आएका छन्।
क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसँग शिष्टाचार भेट गर्ने तय भएको छ। विदेशसचिव क्वात्रा प्रधानमन्त्री प्रचण्डलाई भारतको औपचारिक भ्रमणका लागि औपचारिक निमन्त्रणा दिन र द्विपक्षीय विषयमा कुराकानी आएका हुन्।
प्रतिक्रिया