×

धनकुटा सिधुवा बजारमा आगलागी

images

काठमाडौं । धनकुटाको सिधुवा बजारमा भीषण आगलागी भएको छ । छथरजोरपाटी गाउँपालिका ६ स्थित एक होटलबाट सुरु भएको आगलागीका कारण हालसमम पाँच घर जलेर नष्ट भएका छन् ।

बजारको काउली चोकको मासु पसलबाट बेलुकी करिब ७ बजेदेखि सुरु भएको आगोले स्थानीय हेम थापा, अर्जुन घिमिरेसहितको घरमा क्षति पुगेको हो । आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा जुटिरहेका छन् ।

यस्तै, तेह्रथुमको वसन्तपुरबाट घटनास्थलमा दमकल पुगिसकेकोले आगो नियन्त्रण उन्मुख रहेको छ । आगो निभाउनका लागि धनकुटाबाट थप प्रहरी गइरहेको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जनाए । क्षतिको थप विवरण आउन बाँकी छ । 
 

शुक्रबार​ २९ पुस २०७९ ०९:१५ PM मा प्रकाशित

प्रतिक्रिया