×

संविधान र गणतन्त्रको रक्षाका लागि गठबन्धन : प्रचण्ड

images

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले चुनावपछि प्रतिगामी र अवसरवादी तत्त्वहरु पराजित हुने बतायका छन । शनिबार चितवनमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा बोल्दै अध्यक्ष दाहालले फेरि प्रतिगमनले टाउको उठाउन नपाउने गरी नेपाली जनताले चुनावमा एकता प्रर्दशन गर्नुपर्ने धारणा राखेका छन ।

साथै उनले उनले प्रतिगमनका विरूद्ध  संविधान र गणतन्त्रको रक्षाका लागि गठबन्धन बनेको बताए।  ‘निकै दुःख गरी गठबन्धन बनाइएकाले प्रतिगमको खतरा नटरेसम्म कायमै रहन्छ,’ उनले भने, 'जतिबेलासम्म राजनीतिक दुर्घटनाको खतरा रहिराख्छ, प्रतिगमनको खतरा रहिराख्छ, त्यतिबेलासम्म गठबन्धन कायम रहन्छ।'

निर्वाचनमा एकताको प्रदर्शन गरेर गठबन्धनका उम्मेदवारलाई विजय गराएपछि राजनीतिक दुर्घटना गराउन खोज्ने शक्ति पराजित भएर जाने उनको भनाइ थियो। यस्तै, प्रचण्डले गठबन्धनको बहुमत सुनिश्चित रहेको र अत्यधिक बहुमत ल्याउने दाबी गरेका छन्। ‘हामीले सरकार गठन गर्नका लागि मात्र गठबन्धन बनाएका होइनौं। यो देशमा स्थिरता र विकासका लागि हो', उनले भने। 

यस्तै उहाँले सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई अत्याधिक मतका साथ विजयी गराउन पनि अपिल गरे ।  प्रतिगामी र अवसरवादी तत्वहरुले फेरि देशमा राजनीतिक दूर्घटना निम्त्याउन नदिन पनि आम मतदाताले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउनुपर्ने उनको भनाई थियो ।

अध्यक्ष दाहालले सत्तारुढ गठबन्धनले चुनाव जिते मात्रै देशमा विकास र समृद्धिको मार्ग खुल्ने जिकिर समेत गरे । उनले संविधानको रक्षा गर्न, लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सत्तारुढ दलहरुबीच गठबन्धन गर्नु परेको पनि बताए । 
 

शनिबार २६ कात्तिक २०७९ ०८:३१ PM मा प्रकाशित

प्रतिक्रिया