काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना दिदै युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा नै राष्ट्रको भविष्य भएको बताएका छन् ।
उनले हाम्रो सकारात्मक सोच, निरन्तरको प्रयास र एकताबद्ध व्यवहारले देशलाई समृद्ध बनाउने सङ्कल्प पूरा हुने बताउदै संसारभरका युवाहरुलाई शुभकामना दिएका छन् ।
उनले भनेका छन्-
आज अन्तर्राष्ट्रिय युवा दिवस । सन् १९९९ मा संयुक्त राष्ट्रसंघले युवाहरूको योगदान,अधिकार र अवसरको सम्मान गर्ने दिनका रूपमा हरेक वर्ष अगस्ट १२ लाई युवा दिवस घोषणा गर्यो । पहिलो पटक सन् २००० मा युवा दिवस मनाइएको थियो । यसले युवालाई सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा सशक्त बनाउन प्रेरणा दिएको छ ।
फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा नै राष्ट्रको भविष्य छ। हाम्रो सकारात्मक सोच, निरन्तरको प्रयास र एकताबद्ध व्यवहारले देशलाई समृद्ध बनाउने सङ्कल्प पूरा हुने छ । संसारभरका युवाहरुलाई शुभकामना !
प्रतिक्रिया