×

थप १९ जनामा काेराेना पुष्टि, १२ जना निकाे

images

पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार चार सय ५३ जनाको नमुना परीक्षण गर्दा १९ जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

थप १२ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन । अहिले नेपालमा एक सय ६ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाविरुद्धको खोप लगाएको तथ्याङ्क प्राप्त नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

आइतबार​ २९ जेठ २०७९ ०५:३० PM मा प्रकाशित

प्रतिक्रिया