×

तीन प्रदेशमा भारी वर्षाको सम्भावना

images

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्य बदली रहेको छ भने लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ भने, प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि मौसम सफा रहनेछ । भने प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि विभागले उल्लेख गरेको छ ।

नेपालको प्रदेश न १, मधेश प्रदेश, वाग्मती र गण्डकी प्रदेशका भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्वरपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।

आइतबार​ २९ जेठ २०७९ ०१:०२ PM मा प्रकाशित

प्रतिक्रिया