×

चलचित्र क्षेत्रका लागि कर्णालीमा अथाह संभावना छ-अध्यक्ष भुवन केसी

images

सुर्खेत-चलचित्र विकाश बोर्डका अध्यक्ष एवम् अभिनेता भुवन केसीले कर्णाली प्रदेशमा चलचित्र क्षेत्रका लागि अथाह संभावना रहेको वताएका छन् । केवी इन्टरटेनमेण्ट एण्ड ग्रुप प्रालि.को आयोजनामा दोश्रो कर्णाली चलचित्र कार्यशाला २०८० को समापन कार्यक्रमा वोल्दै वोर्डका अध्यक्ष केसीले नेपाली चलचित्र क्षेत्रको विकासका लागि आवश्यक नीतिगत परिवर्तन, कानुनी सुधार र सहकार्यको आवश्यकतालाई पहिचान गदै कर्णालीमा भएका संभावनाहरुलाई अघि वढाउन कार्यशालाले महत्वपुर्ण भुमिका खेल्ने वताए । उनले कर्णाली प्रदेशको भौगोलिक सुन्दरता, यहाँको साँस्कृतिक विविधता, जनजीवनको कथालाई चलचित्रमा ल्याउनका लागि प्रदेशमै दक्ष चलचित्रकर्मी जन्माउन यो कार्यशालाको विशेष भुमिका रहेको र चलचित्र विकास वोर्डले थप भुमिका खेल्ने वताए ।


यस्तै समापन कार्यक्रममा बोल्दै आयोजक संस्था केवी इन्टरटेनमेण्ट एण्ड ग्रुप प्रा.लि.का अध्यक्ष भूपेन्द्र कुमार खड्काले कर्णालीका प्रतिभाहरुको माग अनुसार दोश्रो पटक गरिएको कर्णाली चलचित्र कार्यशालामा अनुभवी तथा नयाँ चलचित्रकर्मीसँग सिक्ने र सिकाउने उदेश्य अनुरुप सफलता मिलेको वताए । उनले कर्णालीमा अनेक संभावना रहेकाले प्रशिक्षार्थीको कथा र शैली चलचित्र क्षेत्रकै लागि थप टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले विविध साधन र श्रोत भएर पनि कर्णाली प्रदेश चलचित्र निर्माणमा निकै पछाडि रहेपनि यो कार्यशालाले धेरै भन्दा धेरै चलचित्रकर्मी जन्माउने र कर्णालीको चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउने बताए ।


७ दिन सम्म संचालन भएको कार्यक्रमको सहजीकरण गरेका कलाकार तथा निर्देशक निर्मल प्याकुरेलले चलचित्रकर्मीलाई मनोरञ्जन मात्र होइन, विचार–उत्तेजक र सामाजिकरूपमा सान्दर्भिक सिर्जना गर्न मदत पुगेको वताए । उनले कर्णालीमा चलचित्र क्षेत्रको अनेक संभावना रहेको र चलचित्र क्षेत्रवाट कर्णालीको समृद्धिका लागि प्रदेश सरकारले चलचित्र ऐन बनाउन समेत आग्रह गरे । कर्णालीमा रहेको संभावनालाई अघि वढाउन र प्रदेशकै विकासका लागि चलचित्र क्षेत्रको विकासमा काम गर्ने रणनीति निर्माण गर्न आवश्यक रहेको वताए ।

कार्यशालामा चलचित्र विकाश बोर्डका अध्यक्ष एवम् अभिनेता भुवन केसीको मास्टर क्लास ,चलचित्र निर्देशक एवम् सञ्चारकर्मी डब्बु क्षत्रीले चलचित्र लेखन तथा निर्देशक , अभिनेत्री सरिता गिरीले चलचित्र अभिनय र सञ्चारकर्मी एवम् मेकअप आर्टिष्ट सरिता भारतीले चलचित्रका लागि क्यारेक्टर मेकअप तथा इफेक्ट मेकअप प्रशिक्षण दिएका थिए ।

मङ्गलबार २९ फागुन २०८० ११:४० AM मा प्रकाशित

प्रतिक्रिया