×

सिन्धुलीमा २९ हजार बालबालिकाले लगाए खोप

images

सिन्धुली — सिन्धुलीमा २९ हजार स्कुले बालबालिकाले कोरोना विरुद्धको मोडर्ना खोप लगाएसँगै आइतबारबाट विद्यालय खुल्दैछन् । १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थी तथा अन्यले मोर्डनाको पहिलो डोज खोप लगाएका हुन् ।

images

प्रधानमन्त्री शेरबहादुर देउवाले रिक्त दुई मन्त्रालयमा काँग्रेसबाट चयन गर्ने

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले रिक्त दुई मन्त्रालयमा काँग्रेसबाट चयन गर्ने भएका छन् । उनले यसका लागि सत्ता गठबन्धनका नेताहरुलाई ज...

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सोही उमेर समूहका ४० हजार विद्यार्थी तथा अन्यले पनि खोप लगाएका थिए । प्रदेश स्वास्थ्य मन्त्रालयबाट ३५ हजार डोज खोपको मात्रा प्राप्त भएकोमा नौ वटै स्थानीय तहका १३ हजार ३७३ छात्र र १५ हजार ६२७ छात्राले खोप लगाएका हुन् ।उक्त खोप अभियान अन्तर्गत विद्यालय बाहिर रहेका उक्त उमेर समूहका बालबालिकालाई समेत मोडर्ना खोपको पहिलो डोज लगाइएको कार्यालयका जनस्वास्थ्य अधिकृत कृतिषा थिङले जानकारी दिइन् । पहिलो डोज खोप लगाएका विद्यार्थीलाई २८ दिनपछि दोश्रो डोजको खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको संख्या १ लाख १६ हजार ३६५ पुगेको छ । खोपको पहिलो मात्रा १ लाख ६४ हजार ८०४ जनाले लगाएका छन् ।


उक्त गणनामा विद्यालय बाहिरका बालबालिकासमेत समेटिएका छन् । धेरै विद्यार्थी रहेको विद्यालयमा स्वास्थ्यकर्मीको टोली गएर खोप लगाएको बताइएको छ । थोरै विद्यार्थी रहेकोमा नजिकको अर्को विद्यालयका विद्यार्थीलाई पनि मर्ज गरी खोप लगाइएको थियो ।

शनिबार २९ माघ २०७८ ०५:२२ PM मा प्रकाशित

प्रतिक्रिया