×

प्रधानमन्त्री शेरबहादुर देउवाले रिक्त दुई मन्त्रालयमा काँग्रेसबाट चयन गर्ने

images

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले रिक्त दुई मन्त्रालयमा काँग्रेसबाट चयन गर्ने भएका छन् । उनले यसका लागि सत्ता गठबन्धनका नेताहरुलाई जानकारी गराएका छन् ।


आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई यसबारे जानकारी दिएका छन् । उनले मन्त्रिमण्डलमा रिक्त दुई मन्त्रालयमा मन्त्री नियुक्त गर्न लागेको भनेको विश्वस्त स्रोतले बताएको छ ।

रक्षा र आपूर्ती मन्त्रालय रिक्त छ । ती मन्त्रालयमध्ये रक्षामा विगतमा काँग्रेसका डा। मीनेन्द्र रिजाल र आपूर्तीमा गजेन्द्र हमाल मन्त्री बनाइएका थिए । रिजालले काँग्रेस महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि राजीनामा दिएका थिए । हमाल प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको भन्दै आलोचना भएपछि राजीनामा दिएका थिए ।

देउवाले दुवै मन्त्रालयमा काँग्रेसबाट मन्त्री बनाउने तयारी गरिसकेका छन् । प्रचण्ड र माधव नेपालले भने आपूर्तीमा आफ्नो पार्टीका लागि दाबी गरेको बुझिएको छ ।

रक्षा वा आपूर्तिमध्ये एकमा देउवाले सुजाता कोइरालालाई मन्त्री बनाउने तयारी गरेका छन् । सुजातालाई बालुवाटारबाट ग्रिन सिग्नल आइसकेको बुझिएको छ । उनको दाबी उपप्रधानमन्त्रीसहित रहेको छ । अर्को एक मन्त्रीमा पनि देउवाले काँग्रेसबाट नै बनाउने तयारी गरेका छन् । रामचन्द्र पौडेल, प्रकाशमान सिंह र डा। सशांक कोइरालाको साथ लिन देउवाले उनीहरुले सिफारिश गरेको नामलाई महत्व दिने तयारी गरेका छन् ।

पौडेलको कोटाबाट दिलेन्द्रप्रसाद बडू मन्त्री भइसकेकाले प्रकाशमान र सशांकको सिफारिश अनुसार दुई मन्त्री बन्ने चर्चा छ

शनिबार २९ माघ २०७८ ०५:०९ PM मा प्रकाशित

प्रतिक्रिया